कृषिमा २ अर्ब ७ करोड, उद्योगतर्फ ४३ करोड बजेट

विहीबार, ३२ जेठ २०८०
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बिहीबार सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । कृषिको आधुनिकीकरण गरेर रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ ल्याइएको बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो । यसैगरी उद्योगतर्फ ४३ करोड, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाई तथा उर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख, श्रम तथा रोजगार, भूमि व्यवस्था, वन, वन्यजन्तुल तथा जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा बजेट विनियोजन गरिएको छ । प्रदेशको सञ्चार क्षेत्रको विकासका लागि प्रदेशको विज्ञापन प्रदेशस्थित सञ्चार क्षेत्रलाई उपलब्ध गराउन कानुन निर्माण गरिने बजेटमा व्यवस्था गरिएको छ । कर्मचारीलाई प्रोत्साहनका लागि विद्युतीय हाजिरीका आधारमा दैनिक २ सयका दरले खाजा खर्च दिने बजेटमा व्यवस्था गरेको बजेटमा उल्लेख छ । प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार