काठमाडौं । सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री जयपृथ्वीबहादुर सिंहसहित ४ जना गम्भीर घाइते भएका छन् ।
मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।
सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको छ ।
प्रतिक्रिया