बसको ठक्करले बालकको मृत्यु

विहीबार, ०७ असार २०८०
झापा । कमल गाउँपालिका ३ केराधापस्थित भित्री सडकमा बसको ठक्करले एक बालकको बिहीबार मृत्यु भएको छ । मे१ख १५१८ नम्बरको यात्रुबाहक बसले पैदलयात्री स्थानीय ५ वर्षीय जनम थापालाई ठक्कर दिएको थियो । सिकिस्त अवस्थाका उनलाई उपचारका लागि दमकस्थित लाईफलाइन अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । बससहित चालक कमल गाउँपालिका २ का ४४ वर्षीय शम्भु साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार