विराटनगर । ओखलढुंगामा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ ।
चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको छ । पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार पहिरोले घरसहित पुरिएका ३६ वर्षीय रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङको मृत्यु भएको हो ।
उनीहरुका उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता भएका छन् ।
स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको छ । उनीहरु भने भागेर जोगिएका थिए ।
टोली घटनास्थलतर्फ गएको उल्लेख गर्दै प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
प्रतिक्रिया