विराटनगर । ओखलढुंगाकोचम्पादेवी गाउँपालिका–८ बिलन्दुमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
बिहीबार राति झरेको पहिरोले घर पुरिँदा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी पत्नी ३१ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि आमाबुबाको मृत्यु भएको थियो । छोराछोरी बेपत्ता थिए । खोजीका क्रममा दिनेश र कृतिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीय बासिन्दाका केही घर क्षतिग्रस्त बनाएको छ ।
घर क्षतिग्रस्त बनेपछि उनीहरु बिस्थापित बनेका छन् । पहिरोले घरमा नोक्सानी पुर्याउने जोखिम देखिएपछि केही परिवारले भागेर ज्यान जोगाएको जनाइएको छ ।
प्रतिक्रिया