विराटनगर । कुटपिट गरी सासुको हत्या गरेको आरोपमा धनकुटाको साँगुरीगढी ४ की एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय ३२ वर्षीया विष्णुमाया लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा मृत्यु भएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया