झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको बिर्तामोडमा रहेको नवराज विमलीको घरमा कालो झण्डा गाडेको छ ।
नेत्र विक्रमचन्द (विप्लव) नेतृत्वको नेकपाले घर कब्जाको घोषणा गर्दै घरमा आज दिउँसो कालो झण्डा गाडेको हो । बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजारमा रहेको विमलीको तीनतले घर कब्जा गरिएको नेकपाका केन्द्रीय सदस्य सुमन सिंहले जानकारी दिए ।
बिमली झापाका ‘ठूला मिटरब्याजी’ रहेको र उनले धेरैलाई घरबारविहीन बनाएको भन्दै पार्टीमा उजुरी परेपछि जनकारवाही स्वरुप घर कब्जा गरिएको बताइएको छ ।
बिर्तामोड, मुक्तिचोक नजिकैबाट नेकपाले मिटरव्याजी विरुद्ध नाराबाजी गर्दै विमलीको घरमा पुगेर कालो झण्डा गाड्दै तालाबन्दी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापामा मिटर व्याजीका विरुद्धमा सयभन्दा बढी उजुरी परे पनि जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई कारवाही नगरेको भन्दै जनकारवाही स्वरुप विमलीको घर कब्जागरिएको नेकपाका केन्द्रीय सदस्य सिंहले बताए ।
प्रतिक्रिया