अनुमतिबिना मल गोदाम गरेको भन्दै सिलबन्दी

बुधबार, १३ असार २०८०
इलाम । कृषि बिज भण्डारको गोदाममा सिलबन्दी गरिएको छ । अनुमति नलिइ मलको व्यापार गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालित बिजभ ण्डारको गोदाममा सिल गरिएको हो । नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई बिक्री वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सिलबन्दी गरेको हो । ३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन, घरेलु कार्यालय ,कृषि ज्ञान केन्द्र, कर कार्यालय ,इलाम नगरपालिका सहितको अनुगमन टोलीले यो कृषि बीज भण्डारलाई निर्देशन दिएको छ । अनुगमनको क्रममा ३४ बोरा युरिया ,१८ बोरा डिएपी र भारतीय मल फेला परेको थियो । अनुमति नलिइ मल बेचेको सूचनाको आधारमा सो कृषि बिज भण्डारको गोदाममा सिल गएिको जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार