टीका खतिवडा/इलाम
२०औँ धान दिवसका अवसरमा इलाममा सामूहिक रोपाइँ गरेर मनाइएको छ । इलाम नगरपालिका वडा नम्वर ९ को आयोजना तथा कृषि ज्ञान केन्द्रको संयोजनमा दिवस मनाइएको हो ।
आधुनिक प्रविधि भित्रिएसँगै कृषि कर्ममा सहज भएको छ । तर नयाँ पुस्तालाई पुरानो चलन देखाउन र बिर्सिएकाहरुलाई सम्झाउन इलाम नगरपालिका वडा नम्वर ९ ले गोरु प्रयोग गरेर हलो र दाँदे साथै कुटो, कोदालो,ै फ्याउरीको प्रयोग गरेर रोपाइँ आयोजना गरेको हो ।
पुराना वस्तुको जगेर्ना गर्न स्थानीय सरकारले ध्यान दिनु पर्ने भएकाले आफूहरुले यसरी यो दिवस मनाइएको वडाध्यक्ष गोपाल चौहानले बताए ।
यस वर्ष ढिलो गरी बर्षा भयो । खोलाखोल्सी छेउको बेँसीमा यसअघि नै रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा भर्खर रोपाइँ चलिरहेको छ । यस वर्ष करिब १० प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।
प्रतिक्रिया