‘एभरेष्ट हाइपर मार्केट’ले कचनकवल निवासी सुनिता राईलाई उपहार स्वरुप एक थान स्कूटर प्रदान गरेको छ । मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा सहभागी बनेकी राईलाई उपहारमा स्कूटर परेपछि हिरो होण्डा ब्राण्डको एक थान स्कूटर प्रदान गरिएको हो । उपहारमा पाएको स्कूटर र स्कूटरको चाबी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले हस्तान्तरण गरेकी थिइन् ।
हाइपर मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा १० हजारभन्दा बढी सहभागी थिए । तीमध्ये भाग्यशाली विजेताका रुपमा यो वर्ष राईलाई स्कूटर उपहार परेको हो । हरेक वर्ष मार्केटले एक–एकजना ग्राहकलाई स्कूटर प्रदान गर्दै आएको छ । यो वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै ‘लक्की ड्र’ मा सहभागी ग्राहकलाई स्कूटर प्रदान गरेको हो ।
‘भारत जाने बाध्यता हट्यो’
एउटै छानामुनि सरल र सुलभ मूल्यमा सबै प्रकारका सामग्री पाउन थालेपछि दक्षिण क्षेत्रका स्थानीय भारतीय बजार धाउन छाडेका छन् । भारतीय बजार दिघलबैंक केन्द्रीत हुने दक्षिणी झापाका सर्वसाधारणको रोजाई अहिले एभरेष्ट हाइपर मार्केट बनेको छ ।
हाइपर मार्केटमा हरेक सामग्री गुणस्तरीय र सुलभ मूल्यमा पाउन थालेपछि आफूहरु किनमेलका लागि भारत जान छाडेको हल्दिबारी गाउँपालिका १ निवासी सिर्जना धिमालले बताइन् ।
‘एभरेष्ट हाइपर मार्केट सञ्चालनमा आएसँगै शुरुमा हेर्नका लागि आएका थियौं, यहाँको सेवा राम्रो लाग्यो र अहिलेसम्म हरेक सामग्री खरिदका लागि यहीँ आउने गरेका छौं’ धिमालले भनिन् ।
यसअघि भारतका दिघलबैंकदेखि पानीट्याङ्की र नक्सलवाडीसम्म जाने गरेको उनको भनाई छ । भारतमा जस्तै सुलभ मूल्यमायही सामग्री पाउन थालेपछि भारतीय बजार जान छाडेको उनले बताइन् ।
उनी जस्तै सोही ठाउँ निवासी नवीना उप्रेतीले पनि यो मार्केटमा रहेक सामग्री राम्रो र सस्तोमा पाउन थालेसँगै अन्यत्र जान छाडेको बताइन् । उनले भनिन्– ‘यसअघि सामान खरिदका लागि बिर्तामोड र भारतीय वजार जाँदै आए पनि अहिले यो मार्केट नै पहिलो रोजाई बनेको छ ।’
बाह्रदशी गाउँपालिका २ का शिक्षासेवी नारायण ढकालले आफ्नो मात्र नभई हाइपर मार्केट गाउँपालिकाबासीकै गौरव रहेको बताए । उनले भने– ‘हरेक सामग्री बजार मूल्यभन्दा सस्तो छ , यहाँ न ठगिने डर छ न त गुणस्तरमा कुनै चिन्ता छ । यो मार्केट सञ्चालनमा आएपछि हरेक सामग्री खरिदका लागि अन्यत्र जानु परेको छैन ।’
राजगढ बजारमा यो मार्केट सञ्चालनमा आएसँगै बाह्रदशीवासी मात्र होइन छिमेकी पालिकाबाट सामग्री खरिद गर्न आउन थालेसँगै राजगढमा व्यापारिक चहलपहल समेत बढेको उनको भनाई छ ।
क्यास ब्याककार्ड सार्वजनिक
‘एभरेष्ट हाइपर मार्केट’ ले ग्राहकका लागि क्यास ब्याक लोयल्टी कार्ड अफरका रुपमा सार्वजनिक गरेको छ । हाइपर मार्केटमा आएका ग्राहकहरुले हरेक सामान खरिद गर्दा कार्डमार्फत प्रदान गरिएको नम्बर उपलब्ध गराएसँगै आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएको हो ।
यो योजना ल्याएसँगै ग्राहकलाई कार्ड उपलब्ध गराउन शुरु गरिएको मार्केटका सञ्चालक महमदले जानकारी दिए । ‘कुनै पनि बस्तु तथा सेवाको उपभोग वाखरिदको बदलामाकार्ड प्रयोग गरेको खण्डमा दुई प्रतिशत रकम फिर्ता हुने योजना ल्याइएको हो’ महमदले भने ।
मार्केटले यो योजना सार्वजनिक गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव प्रकाश पाठकले खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमा लेखेका छन्– ‘अन्तर्राष्ट्रिय व्यावसायिक योजनास्वरुपको सुविधा आफ्नै गाउँ घरमा प्राप्त गर्दा पनि ठूलै शौभाग्य मिल्दो रहेछ । युवा व्यवसायी चान महमदको उद्यमशीलता र लगनशीलताले शिखर चुमोस् ।’ पाठकले आफूले समेत क्यास व्याक कार्ड बनाएको भन्दै तस्बीर समेत सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया