अर्थतन्त्रमा सकरात्मक संकेत : अर्थमन्त्री महत

मंगलबार, १९ असार २०८०
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको बताएका छन् । मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको बताएका हुन् । ‘अहिलेको अर्थतन्त्रको समग्र बाटो सकारात्मकतर्फ लागेको छ । समस्या मुक्त भने छैन । कुनै पनि अर्थतन्त्र कुनै पनि देश समस्या मुक्त हुँदैन । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं’ उनले भने । उनले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै भएको र यसलाई सुधार गरेर लैजानु पर्ने बताएका छन् । क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ । उनले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिने र यसबाट सरकार पछाडि फर्किन नसक्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार