असार तेस्रो सातासम्म देशभर २६.७१ प्रतिशत रोपाइँ

शनिबार, २३ असार २०८०
काठमाडौं । देशभर असार तेस्रो सातासम्म २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा करिब १४ प्रतिशत कम हो । मन्त्रालयका अनुसार यस वर्ष २१ असारसम्म ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सो प्रदेशमा ४८.९७ प्रतिशत भूभागमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । मधेश प्रदेशमा यस वर्ष असार तेस्रो सातासम्म ९.५३ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार