कृषि फर्मलाई २ लाख रुपैयाँ जरिवाना

सोमबार, २५ असार २०८०
इलाम । रासायनिक मल अनाधिकृत रूपमा बेच्ने इलामको एक पसललाई जरिवाना गरिएको छ । सूर्योदय नगरपालिका ११ मा रहेको भट्टराई चिया, कुचो, अदुवा, आलु कृषि व्यवसाय फार्मलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो। जिल्ला प्रशासन कार्यालय इलामले उक्त फार्मलाई जरिवानासहित कारबाही गरेको हो । सो फार्म लेखनाथ भटराईले संचालन गर्दै आएका छन् । फार्मले अनाधिकृत रूपमा बेच्दै गरेको ३२ बोरा मल नियन्त्रणमा लिइ सूर्योदय नगरपालिकालाई बुझाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए । अनुमति लिइ अनाधिकृत रूपमा मल बिक्री भइरहेको पाएपछि अनुगमन गर्ने क्रममा कारबाही गरिएको हो । पछिल्लो समय प्रसासन कार्यालयको नेतृत्वमा जिल्लामा अनुगमन तीव्र बनाइएको छ । केही दिनअघि इलाम नगरपालिकामा सञ्चालित कृषि बिज भण्डारलाई समेत कारबाही गरिएको थियो । सहकारी मार्फत् अनुदानको मल ल्याएर बिक्री गर्दै आएको पाइएपछि २ लाख रुपैयाँ जरिमानासहित पसलको गोदामबाट ५२ बोरा मलसमेत जफत गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार