पञ्चकन्याका प्राविधिकलाई नयाँ प्रविधिबारे प्रशिक्षण

शनिबार, ३० असार २०८०
झापा । पञ्चकन्या प्लाष्टिकले आफ्ना प्राविधिकहरुलाई लक्षित गर्दै बिर्तामोडमा एक दिवसीय प्रशिक्षणको आयोजना गरेको छ । माई पूर्ब रहेका प्लम्बरहरुलाई नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले बिर्तामोडमा प्रशिक्षणको आयोजना गरेको हो । झापामा रहेका पञ्चकन्याका डिलर, सञ्चालक तथा प्राविधिकहरुलाई पञ्चकन्या ग्रुप अफ कम्पनीका आरएसएम् विकाश कर्णले प्रशिक्षण प्रदान गरेका थिए । पञ्चकन्याले उत्पादन गरेका पाईपहरु सीपीभीसी, सिभीसी र फिटिङ्सका विषयमा समेत जानकारी गराइएको थियो । कम्पनीले ल्याएको कुपनका विषयमा समेत जानकारी दिइएको हो । कम्पनीले उत्पादन गरेका सामग्रीका विषयमा समेत प्रकाश पार्दै नेपाल गुणस्तर एनएसका विषयमा समेत प्रशिक्षण कर्णले जानकारी गराए । ज्योति ट्रेडिङ प्रा.लि. का सञ्चालक झलक खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा दमकको ज्योति सप्लायर्सका सञ्चालक पवन विष्ट, बिर्तामोडको जेनिथ सप्लायर्सका सञ्चालक तुलसी उप्रेतीले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा पञ्चकन्याका पाइपहरु चुहावट रहितहुने, तातो चिसो पानीका लागि उपयुक्त हुने, उच्च रासायनिक प्रतिरोधक, शुद्ध र सफा रहने र पाइप जडानमा कुनै समस्या नरहने जानकारी गराइयो । एसएस ट्याङ्कका विषयमा समेत जानकारी दिइएको थियो । कार्यक्रममा ज्येष्ठ टेक्निसियन परमेश्वर शाह र लामो समयसम्म काम गर्ने मजदुर भेलु साहलाई सम्मान गरिएको थियो । कार्यक्रममा दुई सय जनाभन्दा बढी प्राविधिक सहभागी थिए । कार्यक्रमको सञ्चालन सरोज साहले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार