आजदेखि भारतबाट ल्याइएका सबै सामानको भन्सार बुझाउनुपर्ने

सोमबार, ०१ साउन २०८०
विराटनगर । विराटनगर महानगरपालिकाले भारतबाट खरिद गरेर ल्याइएका सबै सामानको भन्सार महसुल अनिवार्य बुझाउनुपर्ने नियम आज सोमबारदेखि लागू गरेको छ । सीमावर्ती जोगबनी बजारबाट ल्याइने सबै सामानमा महानगरले भन्सार अनिवार्य गरेको हो । यसअघि घरयासी प्रयोजनका लागि थोरै परिणाममा ल्याइने सामानमा भन्सार महसुल लिने गरिएको थिएन । व्यापारिक प्रयोजनका सामानमा मात्रै भन्सार शुल्क लिने गरिएको थियो । थोरै परिणामको मरमसला, ५ किलोसम्म चिनी, ५० किलोसम्म चामल, केही पिस कपडालगायत घरसायी प्रयोजनका लागि ल्याउने गरिएका सामान नेपाली उपभोक्ताले बिनाभन्सार ल्याउने गरेका थिए । नेपालमा भन्दा भारतमा सामान सस्तो पाइने भन्दै घरायसी प्रयोजनका लागि भनेर सीमा पारिको जोगवनी बजारमा किनमेलका लागि जाने नेपालीको घुइँचो लाग्ने गरेको थियो । यसले गर्दा सीमा वारिको विराटनगरलगायत बजारको व्यापार प्रभाविति हुँदै आएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भारतीय बजारमा खरिद गरिएका मालसामान भन्सार पास गरेर मात्रै नेपाल भित्र्याउन भन्सार नाकामा कडाइ गरिएको बताए । अब उपभोक्ताले खरिद गरेर ल्याउने सबै सामानमा भन्सार महसुल अनिवार्य गरिएको उनले बताए । जति सामान भएपनि अब भन्सार नतिरिकन ल्याउन नपाइने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार