विराटनगर । असार सकिँदा कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा यसपालि हालसम्म ७ प्रतिशतले बढी रोपाइँ भएको हो ।
गत वर्ष यो अवधिमा ४९ प्रतिशत रोपाइँ भएको थियो ।
कृषि विकास निर्देशनालयका अनुसार ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ५० प्रतिशत रोपाइँ सकिएको छ ।
यसैगरी इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ४७ प्रतिशत रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
तराईका मोरङ, सुनसरी र झापामा ६० प्रतिशत रोपाइँ भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले बताए ।
भौगोलिक अवस्था र वातावरण एवं सिँचाइका आधारमा कतै चाँडै अनि कतै अलि ढिला गरी रोपाइँ हुने गरेको छ ।
यो प्रदेशमा जमिन ८ लाख २६ हजार ६ सय ४६ हेक्टर जग्गा खेतीयोग्य मानिन्छ ।
त्यसमध्ये ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको निर्देशनालयले जनाएको छ ।
यसपालि कूल क्षेत्रफलमध्ये १ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
प्रतिक्रिया