अर्थमन्त्री डा. महत र भारतका अर्थमन्त्री सीतारामणबीच गुजरातमा भेटवार्ता

मंगलबार, ०२ साउन २०८०
काठमाडौं । भारतको गुजरातमा भइरहेको जी२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भयो । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिएका थिए । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सम्पन्न विद्युत निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने बताएका थिए । दुई देशबीचको व्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेड र नेपालको एनसिएचएल बीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन भारतका अर्थमन्त्रीको आग्रह थियो । अर्थमन्त्री महतले छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम गर्ने बताएका थिए । भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत अनुरोध गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार