उवा महासंघ कोशीमा २२ वटा विषयगत समिति

बुधबार, ०३ साउन २०८०
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विभिन्न २२ वटा विषयगत समिति गठन गरेको छ । कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश उद्योग वाणिज्य महासंघ गठन तथा सञ्चालक सम्बन्धी नियमावली २०७३ को दफा २२ (ट) अनुसार समितिको सभापतिमा मनोनयन गरेका हुन् । कृषि उद्यम केन्द्र प्रदेश समिति सभापतिमा टिकाराज ढकाल, सदस्यता वितरण समिति सभापति कुमारमणि पोखरेल, उद्योग वाणिज्य परिषद भीम वहादुर पौडेल, बैंक, वित्तिय, बिमा तथा पूँजी बजार समिति सुवास आचार्य, स्वास्थ्य तथा सीप विकास समिति राजन श्रेष्ठ छन् । रोजगारदाता श्रवणकुमार अग्रवाल, शिक्षा तथा सूचना रविन दाहाल, स्थानीय आर्थिक विकास वीरेन्द्रकुमार साह, नीजि तथा साझेदारी समन्वय प्रितम खड्गी, कर तथा राजश्व देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात भविष श्रेष्ठ, वस्तुगत समन्वय दिपक पाण्डे, महिला उद्यमी विकास सरु के.सी. छन् । शहरी विकास ऋषिराज तिम्सिना, सामाजिक विकास प्रकाश शिवाकोटी, मानव संशाधन विनोद बस्नेत, घरेलु तथा साना उद्योग विजय श्रेष्ठ, व्यापार मेला मनोजविक्रम शाह, स्थल यातायात तथा पारवहन, मेघराज सिग्देल, भंसार समन्वय प्रविण जोशी, स्टार्टअप एण्ड इनोभेशन यूनेश श्रेष्ठ, र सल्लाहकार समिति सभापतिमा अविनाश बोहरालाई नियुक्त गरिएको कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार