कामको भुक्तानी पाउन माग गर्दै निर्माण व्यवसायी आन्दोलित

सोमबार, ०८ साउन २०८०
काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापनपत्र बुझाउँदै छ । महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापनपत्र बुझाउने महासंघले जनाएको छ । महासंघका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । महासंघले मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार