‘परिवार आएर अपार्टमेन्टमा बस्न सकिन्छ, पारिवारिक दृष्टिकोणलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको हो,’ व्यवसायी पौडेलले भने, ‘२४ घण्टा नै होटलमा सुविधा छ, हामीले रेस्टुरेन्टमा विभिन्न परिकारका खानेकुरालाई प्राथमिकता दिएका छौँ ।’
होटलमा इण्डियन, नेपाली, थकाली, चाईनिज तथा कण्टिनेन्टल खानाका परिकारका स्वाद चाख्न पाइने उनले बताए । भारतीय, विदेशी तथा नेपाली पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको होटलले उत्कृष्ट सेवासहित आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अपेक्षा गरिएको छ ।
होटल पुग्नका लागि एयरपोर्टबाट १५ मिनेट लाग्ने र पर्यटकले अग्रिम होटल बुकिङ गरेमा पिकअप समेत गरिने सुविधा रहेको उनले बताए ।
‘हामीले नेपाली मात्रै नभई विदेशी पर्यटकलाई समेत लक्षित गरेर अपार्टमेन्टसहितको होटल सञ्चालनमा ल्याएका हौँ,’ पौडेलले भने, ‘खासगरी नेपाल घुम्न आउने पर्यटकहरू परिवारसहित आउने र अपार्टमेन्टमा बस्न चाहने भएकाले उनीहरूलाई लक्षित गरी यो किसिमको होटल सञ्चालन गर्ने लक्ष्यअनुरुप सेवा प्रदान गरिरहेका छौँ ।’
प्रतिक्रिया