पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

सोमबार, ०८ साउन २०८०
काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका २ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीका लागि भारत गएका छन् । पहिरोका कारण अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीया जस्मा बोहरा पनि घाइते भएकी प्रहरीले जनाएको छ । पहिरोले घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपायासमेत मरेका वडा सदस्य कृष्ण बोहराले जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार