कोशी प्रदेशमा एक वर्षमा विपदमा परी ५७ जनाले गुमाए ज्यान

शनिबार, २० साउन २०८०
साढे ६ अर्ब भन्दा धेरैको क्षति झापा । बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनवार, हावाहुरी जस्ता बिपद्का कारण कोशी प्रदेशमा एक वर्षभित्र ५७ जनाले ज्यान गुमाएका छन् भने अरबौं रुपैयाँको क्षति भएको छ । आर्थिक वर्ष २०७९/०८० मा कोशी प्रदेशका १४ जिल्लामा बिपदजन्य घटनाका कारण ५७ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ वास्तोलाले बताए । विपद्जन्य घटनाका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३४ जनाले ज्यान गुमाएका थिए । तर, आर्थिक वर्ष २०७९/०८० मा यो संख्या बढेर ५७ पुगेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोका कारण कोशी प्रदेशमा २३ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष यो अबधिमा ५ जनाले ज्यान गुमाएका थिए । यता चट्याङ्गका कारण आर्थिक वर्ष २०७९/०८० मा ९ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएका थिए । आगलागीका कारण आर्थिक वर्ष २०७८/०७९ वर्ष र आर्थिक वर्ष २०७९/०८० भित्र ज्यान गुमाउनेको संख्या ३० रहेको छ । आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९ /०८० मा १५/१५ जनाले ज्यान गुमाएका हुन् । हावा हुरीका कारण पछिल्लो दुई वर्षमा कसैले पनि ज्यान नगुमाएता पनि आर्थिक वर्ष २०७७/०७८ मा एक जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । विपद्जन्य घटनामा परी कोशी प्रदेशमा रहेक वर्ष अरबौं रुपैयाँको क्षति हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७९ /०८० मा मात्रै बाढी पहिरोका कारण पाँच अर्ब ३४ करोड, ७१ लाख, २५ हजार ४ सय रुपैयाँ बरावरको क्षति भएको हो । अघिल्लो आर्थिक वर्ष सो अवधिमा एक अर्ब ८० करोड ६५ लाख ६४ हजार १ सय ७० रुपैयाँ बरावरको क्षति भएको थियो । तर, आर्थिक वर्ष २०७९/०८० मा बाढीजन्य विपद्का कारण झण्डै पाँच गुणा बढी धनमालको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । बाढीका कारण एक आर्थिक वर्षमा केशी प्रदेशमा तीन हजार ३८ घर समेत प्रभावित भए । बाढीका काण दुई हजार २ सय ८९ स्थानमा क्षति पुरयाएको थियो । त्यस्तै चट्याङ्का कारण पछिल्लो एक वर्षमा ९ जनाले ज्यान गुमाए । अघिल्लो आर्थिक वर्ष ६ जनाले ज्यान गुमाएपनि आर्थिक वर्ष २०७९ /०८० मा चट्याङ्का कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको हो । चट्याङ्का कारण १९ घर प्रभावित भएका थिए भने ९८ लाख ७४ हजार मूल्य बरावरको क्षति भएको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ७ घर प्रभावित हुँदा १२ लाख ३२ हजार रुपैयाँ बरावरको क्षति भएको थियो । यता आगलागीका कारण आर्थिक वर्ष २०७९ /०८० मा १५ जनाले ज्यान गुमाएका छन् भने । एक अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँको क्षति भएको हो । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ७ करोड ७५ लाख तीन हजार ४ सय ९६ रुपौयाको क्षति भएको हो । जंगली जनावरको आक्रमणमा परी कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा १० जनाले ज्यान गुमाएका छन् । पूर्बका एक सय ५० स्थानमा जंगली जनावारको आक्रमणमा परी उनीहरुले ज्यान गुमाएका हुन् । आर्थिक वर्ष २०७८/०७९ मा समेत जंगली जनावरको आक्रमणमा परी ८ जनाले ज्यान गुमाएका थिए । पछिल्लो एक वर्षमा ९१ लख ३ हजार तीन सय रुपैयाँ बरावरको धनमालमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यता हावाहुरीका कारण आर्थिक वर्ष २०७९/०८० मा १६ करोड १७ लाख ७० हजार रुपैयाँको क्षति भएको छ । मानवीय क्षति नभएपनि एक वर्ष भित्र हावाहुरीका कारण १६ करोड रुपैयाँ बढीको क्षति भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार