निरन्तर सफाइमा बिराटनगर,थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा

विहीबार, ०७ पुस २०७९
विराटनगर महानगरपालिकाले विगत चार वर्षदेखि थन्किएको ब्रुमर मर्मतपछि सञ्चालनमा ल्याएको छ । मर्मतपछि बुधबार कञ्चनबारीचोकदेखि नहरसम्मको सडक ब्रुमरले सफाई गरिएको हो । बिग्रिएर थन्किएको ब्रुमर मर्मततर्फ ध्यान नदिँदा बेवारिसे बनेको थियो । मेयर नागेश कोइरालाले सम्बन्धित शाखा प्रमुखलाई मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने मेयर कोइरालाको योजनाअन्तर्गत महानगरका मुख्य र बढी आवतजावत हुने सडक पखाल्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । अब ब्रुमरबाट महानगरका मुख्य सडकको धुलो बढारिने उनले बताए । ‘बिग्रिएर लामो समय थन्किएका कारण मर्मत गरेर परीक्षण गरेका छौं’, कोइरालाले भने, ‘अझै परीक्षण गरेर समस्या देखिए मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार