खोलाले बगाएर वृद्धको मृत्यु

शुक्रबार, २६ साउन २०८०
झापा । अन्धुवा खोलाले बगाएर दक्षिणी झापाको कचनकबलमा ८० वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार कचनबवल १ निवासी नरवहादुर राईको खोलाले बगाएर बिहीबार मृत्यु भएको हो । नुहाउन गएका राईलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । खोजीका क्रममा साँझ कचनकवल १ स्थित घेरावारी पुलमुनि मृत अवस्थामा फेला पारिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार