कैदी मृत्यु : कारागार प्रमुख र प्रहरीविरूद्ध किटानी जाहेरी

शनिबार, २७ साउन २०८०
विराटनगर । जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध  आफन्तले जिल्ला प्रहरी कार्यालयमा शनिबार उजुरी दिएका हुन्। कुटपिटबाट संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो। मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले कारागार प्रमुख र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जनाए । कुटपिटबाट मादी–५ का तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी –७ का बलामीको बुधबार मृत्यु भएपछि पीडित पक्षले विरोध गर्दै आएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार