विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानहरुमा आएको अविरल बर्षासँगै आएको बाढी पहिरोको कारण विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ ।
ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका ३ दोभान बजार र आठराई त्रिबेणी गाउँपालिका ५ जोड्ने मोटरेबल पुलसम्म जाने ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ ।
यसैगरी सुनसरीको वराहक्षेत्र नगरपालिका १ गुप्त वराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अवरोध भएको छ ।
इलाम नगरपालिका ४ अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको प्रहरीले जनाएको छ ।
यसैगरी, तेह्रथुमको छथर गाउँपालिका(र सिधुवा शुक्रवारे सडकखण्डको देविथानमा पहिरो खस्दा बाटो अवरोध भएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका(८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथीबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरुमा प्रहरी टोली गई स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको जनाइएको छ ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका ७ खुदुनाबारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुलमुनिको पंखामा बाढीले क्षति पुर्याउँदा पुल जीर्ण अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली गइ स्थानीय निकायको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया