नेपाली कांग्रेसका महिला सांसदहरूले अब बन्ने सरकार नेपाली कांग्रेसकै नेतृत्वमा हुनुपर्ने बताएका छन् । बालुवाटारमा शनिबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै उनीहरूले यस्तो सुझाब दिएका हुन् ।
उनीहरूले निर्वाचनका बेला पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने भनेर मत मागेको र सोही आधारमा कांग्रेसलाई जनताले सबैभन्दा ठूलो पार्टी बनाएर पठाएको बताएका थिए । उनीहरूले हालको गठबन्धन नभत्काइ कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।
प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो पहिलो प्राथमिकता नै कांग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरेका थिए ।
प्रतिक्रिया