किवी फलको विरुवा हिउँद महिनामा लगाउने गरिन्छ । पात झरेको समय अर्थात पुस र माघ महिना किवीका विरुवा रोप्ने गरिएको छ । किवी बहुवर्षे फल हो । किवीफल लहरामा फल्ने फल पतझर फलफूल अन्तर्गत पर्दछ । यसको हिउँदमा पात झर्ने गरेको छ । जंगलमा पाइने ठेकी फलको विकसित फलका रुपमा समेत लिइन्छ ।
लहरा भएकाले फल टिप्न र लहरा फैल्याउन किसानले माच बनाएर यसको खेती गर्ने गरेका छन् । माच बनाएपछि वढि उत्पादन समेत हुने गरेको छ ।
रेड किवी हाल पाक्न थाल्यो भने झुसिलो अन्य किवी हाल काँचो भएपछि यसलाई अचारमा रुपमा प्रयोग गर्ने गरिएको छ । हालसम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको जनाइएको छ ।
नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हँुदै आएको छ । सहज रुपमा यसलो उपलब्धताले मुल्य भने घटेको समेत छ । धेरै पोष्टिक तत्वले भरिपुर्ण मानिएको किवी फल नेपालको इलाम सहित काभ्रे, पाँचथर, संखुवासभा लगायतका जिल्लाहरुमा समेत खेती हुँदै आएको छ । पश्चिमी जिल्लाहरुमा समेत पछिल्लो समय इलामबाट नै विरुवा जान थालेको छ । किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ ।
यो फल धेरै भिटामिनको स्रोत रहेको समेत बिज्ञहरु बताउँछन् । किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले हामीले खाएको खाना पाचन प्रक्रियामा सहयोग गर्ने गरेको बताइएको छ ।
यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाती पहिचान गरि सँगसँगै रोप्नु पर्दछ । भालेपोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरी लगायतले फुलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।
यसलाई हाँगा (डाँठ) र दिउलबाट पनि थप विरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो बर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ ।
पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । समुद्र सहतदेखि १२ सय मिटरदेखि माथि २४ सय मिटरसम्मको उचाईमा किवी फलको खेती गर्न सकिने बताइएको छ ।
इलाममा कुल सात सय हेक्टरमा किवी खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालय प्रमुख टोनी बर्देवाका अनुसार अघिल्लो आर्थिक वर्षमा दुई सय हेक्टरमा उत्पादन भइरहेको छ । गएको वर्ष १८ सय ४० मेट्रिकटन वार्षिक उत्पादन भएको थियो । यस वर्ष उत्पादन बड्ने अनुमान छ ।
प्रतिक्रिया