इलाममा मूर्ति कुल्चँदा राप्रपा नेता निलम्बित : के भएको थियो घटना ?

शुक्रबार, २१ कार्तिक २०८२

इलाम : २३ वर्षकी प्रमीला कार्कीले राजदुवालीमामा भेटिएका पाँचवटा शिला घर लैजाने तयारी गर्दा वादविवाद भएको र शिला कुल्चिएका राप्रपा नेतालाई पार्टीले निष्कासन गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामका नेता यमनाथ भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो।

भण्डारीलाई शिला कुल्चिनुका साथै मातालाई धकेलेको भिडियो सार्वजनिक भएपछि पार्टीले यस्तो कडा कदम चाल्न बाध्य भएको जनाएको छ।

राप्रपा जिल्ला कार्यसमिति इलामले जारी गरेको सूचनामा भनिएको छ, “जात–धर्मबीचको एकतामा खलल पुर्‍याउने कार्य गरेको, अमर्यादित र अमानवीय हर्कत देखाएको,र गल्ती महसुस गरी क्षमायाचना गर्न तयार नभएकोले भण्डारीलाई पार्टीबाट निलम्बन गरिएको हो।”

भण्डारी २०७९ सालको आम निर्वाचनमा राप्रपाका तर्फबाट इलाम-२ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार समेत थिए।

यसैबीच, माईखोलामा एक युवतीले सपनामा देखेको शिलालाई खोजी गर्ने क्रममा पत्ता लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना चर्चा बन्यो।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार