काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णयअनुसार ३६ उपसचिवसहित शाखा अधिकृत र नायब सुब्बा गरी ७३ जना कर्मचारीको सरुवा गरेको छ ।
३६ उपसचिवमध्ये ९ जनालाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (सीएओ) को जिम्मेवारी दिइएको छ ।
जसअन्तर्गत पदमबहादुर बुढा (दुल्लु, दैलेख), मंगलबहादुर शाही (ठाकुरबाबा, बर्दिया), शिवराज रेग्मी (राईनास, लमजुङ), महमदशेरे मुस्तफा (देवाहीगोनाही, रौतहट), बिकाउकुमार यादव (राजदेवी, रौतहट), सुर्यप्रसाद गौतम (निजगढ, बारा), ओमप्रकाश महतो (हंशपुर, धनुषा), डम्बरबहादुर जिसी (गल्कोट, बागलुङ) र सुनिल निरौला (दमक, झापा) रहेका छन् ।
त्यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदबाट अन्यत्र सरुवा गरिएको छ ।
ती हुन्, प्रेम सुवेदी (चौरजहारी, रुकुम पश्चिम), छविलाल नेपाली (ठाकुरबाबा, बर्दिया), राजेन्द्रप्रसाद पन्थी (भजनी, कैलाली), राजेन्द्रबहादुर अर्याल (निजगढ, बारा) र सुर्यप्रसाद उपाध्याय (गल्कोट, बागलुङ) ।
प्रतिक्रिया