राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

मंगलबार, ०८ पुस २०८२

काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ। निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो।

आयोगका अनुसार पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन्।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन अधिकृतहरूले पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको छ।

patra

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार