क्रियाशील सदस्यता वितरणका लागि गगन थापाद्वारा ४ बुँदे परिपत्र जारी

मंगलबार, ०८ पुस २०८२

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणलाई सहज र व्यवस्थित बनाउन चार बुँदे परिपत्र जारी गरेका छन्।

मंगलबार साँझ सबै जिल्ला कार्यसमितिलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त परिपत्र जारी गरेका हुन्। परिपत्रमा १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्नुपर्ने स्पष्ट गरिएको छ।

परिपत्रमा उल्लेख गरिएअनुसार नयाँ क्रियाशील सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिका निर्णय तथा केन्द्रीय परिपत्रअनुसार नै गरिनुपर्नेछ। साथै सदस्यता वितरण प्रक्रिया सहज, पारदर्शी र व्यापक बनाउने पार्टीको नीति रहेको उल्लेख गर्दै सोहीअनुसारका मापदण्डसमेत जिल्लाहरूलाई पठाइसकिएको जानकारी दिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार