दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीका अनुसार लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना हुँदा जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको हो।
जीप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे खुल्न सकेको छैन। दुर्घटनापछि जीप चालक फरार भएकाले खोजीका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया