नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न महामन्त्रीद्वयको परिपत्र

शुक्रबार, ०७ कार्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली सूचीकरण गर्ने कार्यमा लाग्न पार्टी संरचनालाई परिपत्र गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले छठ लगत्तै नयाँ मतदाता दर्ता गर्ने काममा लाग्न प्रदेशदेखि वडा तहसम्मका संरचनालाई परिपत्र गरेका हुन् ।

जिल्ला समितिको बैठक गरेर सबै क्षेत्रमा टिम परिचालन गर्न तथा उमेर पुगेका युवाहरुलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानका लागि प्रेरित गर्न पनि परिपत्रमा निर्देशन दिइएको छ ।

नामावली सूचीकृत गर्नका लागि युवा उमेर समूहसँग छलफल गर्न र युवा उमेर समूहबाट खटाउने गरी दर्तामा सहजीकरण गर्न ‘मतदाता दर्ता समूह’ गठन गर्न सुझाव दिइएको छ ।

निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि ३० कात्तिकसम्म नयाँ मतदाताका लागि दर्ता गर्न समयावधि तोकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार