काठमाडौँ : जेनजी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा तोडफोड तथा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङ रहेका छन् ।
उनीहरूलाई पक्राउ गरेर आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
रुपकले वरपिपल रिसोर्टमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै भीडको नेतृत्व गरेर तोडफोड र आगजनी गराउन पुगेका प्रमाणहरू संकलन भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया