विदेश लगिदिने भनेर ठगी गर्ने २ जना पक्राउ

बुधबार, १३ भदौ २०८०
इटहरी । वैदेशिक रोजगारीमा लाने भन्दै ठगी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुराकीको आधारमा इटहरीको हलगडाबाट इटहरी ५ निवासी ३८ वर्षीया सुशीला घले र मोरङको सुन्दरहैचा ५ निवासी ५० वर्षीय प्रेमकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यलय इटहरीको टोलीले उनीहरुलाई घलेको निवासबाट नगद ८ लाख ३९ हजार २ सय ४५ रुपैयाँ र १२ थान पासपोर्ट समेत पक्राउ गरेको प्रहरी निरीक्षक भीम खड्काले बताए । पक्राउ परेका दुबैले केही समययता ग्रामीण क्षेत्रका युवाहरुलाई लक्षित गर्दे पैसा असुलेर ठगी गर्दै आएको खुलेको छ । उनीहरुको साथबाट २२ थान कपाली तमसुक बरामद गरिएको छ । बिशेषगरी दुबइ, मलेसिया, साउदी अरब जस्ता देशहरुमा पठाइदिन्छु भन्दै उनीहरुले सर्वसाधारणबाटत पैसा उठाउँदै आएको प्रहरीको भनाइ छ । उनीहरुले सर्बसाधारणबाट जनही कम्तीमा ५० हजार र कतिपयबाट त्यसभन्दा बढी रकम उठाएको जनाइएको छ । घले र चौधरी पक्राउ परेपछि १० जनाभन्दा बढी स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीमा ठगिएको भन्दै किटानी जाहेरी दिएका छन् । यसैबीच पक्राउ परेका दुबैलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बैदेशिक रोजगारीमा लाने भन्दै ठगी गर्ने उनीहरुविरुद्ध सुनसरी बैदेशिक रोजगार हक हित संघले समेत कारबाहीका लागि भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको छ । संघले आफुहरुको नाम बदनाम गराउने उद्देश्यका साथ उनीहरुले क्रियाकलाप गरिरहेको भन्दै कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार