विराटनगरमा खुल्दै बर्गर हाउस

शुक्रबार, १५ भदौ २०८०
विराटनगर । विराटनगरमा बर्गर हाउसको शाखा सञ्चालनमा आउने भएको छ । विराटनगर ४ स्थित एयरपोर्ट मोडमा ७० लाख रुपैयाँ लागतमा सञ्चालनमा आउन लागेको बर्गर हाउसले पिज्जा, बर्गरका साथै थकाली खाना र सेकुवा समेत उपलब्ध गराउने सञ्चालक राजकुमार तामाङले बताए । द बर्गर हाउस एन क्रन्ची फ्राइ चिकन काठमाडौंको १४८औ शाखाको रुपमा विराटनगरमा शाखा खुल्न लागेको हो । १६ जना कर्मचारीहरु सहित २ तल्लामा उक्त शाखा सञ्चालनमा आउन लागेको तामाङले बताए । तामाङले यसअघि इटहरी र उर्लाबारीमा समेत बर्गर हाउस सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार