अरुण तेस्रो आयोजना प्रभावित स्थानीय आन्दोलित

मंगलबार, १९ भदौ २०८०
संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ४ दिनदेखि स्थानीयले ठप्प पारेका छन् । प्रवेशमार्गको छ्याङकुटी-दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाई भएको भन्दै विद्युत गृहस्थल र सडक बन्द गरेका हुन् । शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग जग्गाधनीहरुले मुआब्जा माग गर्दै बन्द गरेका छन् । प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेकाले आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्गको सडक ठप्प पारेको संघर्ष समितिका संयोजक जनीकुमार राईले जनाए । जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार