चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौ: कुलमान घिसिङ

बुधबार, २० भदौ २०८०
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउने तयारी भइरहेको बताएका छन् । देशभर निर्माण भई सञ्चालनमा आएका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको बुधबार उद्घाटन गर्दै उनले निजी क्षेत्रको सहभागिताका लागि नीति नै संशोधनको तयारी भइरहेको बताए । उनले भने, ‘देशैभरि कुनै पनि ठाउँमा अभाव नहुने गरी बनाउने हिसाबले निजी क्षेत्रलाई ल्याउन नीति संशोधन गर्न मन्त्री र सचिवसँग छलफल भएर बोर्डले निजी क्षेत्रलाइ सहज रुपमा आउनका लागि काम भइरहेको छ । प्राइभेट सेक्टर यहाँ आउनुपर्छ । निजीक्षेत्रको सहभागिता एकदम ठूलो हुनुपर्छ ।’ घिसिङले निजी क्षेत्रले जमिन र चार्जिङ स्टेसन मात्रै निर्माण गरे पनि बाँकी पक्षमा प्राधिकरणले सहयोग गर्ने जानकारी दिए । उनले भने, ‘हामीले दिनुपर्ने ट्रान्सफर्मरदेखि सप्लाइको साइटमा हामीले योगदान गरिरहेका छौं । निजी क्षेत्रले जमिनको व्यवस्था गरेर चार्जिङ स्टेसन राखे भने अरु कुराहरुमा प्राधिकरणले सामग्रीउपलब्ध गराउँछ ।’ घिसिङले ११ वटा चार्जिङ स्टेसन थप गर्ने तयारी गरिरहेको जानकारी गराए । आज उद्घाटन गरिएका ५१ वटा चार्जिङ स्टेसन दुई वर्ष अगाडि निर्माण सम्पन गरी सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार