नेपाल र भारतबीच डिजिटल भुक्तानी सेवा सुरु गर्न सम्झौता

शुक्रबार, २२ भदौ २०८०
काठमाडौं । नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल भुक्तानी सेवा सुरु गर्न दुवै देशका दुई कम्पनीबीच सम्झौता भएको छ । सेवा सञ्चालनका लागि नेपालको फोनपे र भारतीय एनसीपीआईबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसअनुसार क्यूआर कोर्डमार्फत भुक्तानी गर्न मिल्ने छ । सेवा सञ्चालनको तयारी पूरा भएको दुवै कम्पनीले जनाएका छन् । डिजिटल भुक्तानी कहिलेदेखि सुरु हुने भन्ने खुलाइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दुई देशबीच क्रस बोर्डर डिजिटल भुक्तानी सुरु गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार