वाणिज्य बैंकका कर्मचारीका लागि दुई दिवसीय तालिम

सोमबार, २५ भदौ २०८०
इटहरी । राष्ट्रिय वाणिज्य बैंकको तालिम तथा सिकाई विभागको आायोजना तथा प्रदेश कार्यालय विराटनगरको समन्वयमा क्यासियर र टेलर कर्मचारीका लागि दुई दिवसीय तालिम दिइएको छ । बैकको नगद शाखामा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी सञ्चालित सो तालिममा सुन कर्जा लगानी, सुन पहिचान, नक्कली नोट पहिचान, ग्राहक सम्बन्ध, ढुकुटी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण र बैकमा आइपर्ने अन्य समस्याहरुको विषयमा तालिम प्रदान गरिएको थियो । तालिममा ७२ जना नयाँ तथा पुराना कर्मचारीहरु सहभागी थिए । तालिम कार्यक्रमको अध्यक्षता कोशी प्रादेशिक कार्यालयका प्रबन्धक दिपकराज न्यौपानेले गरेका थिए । तालिम तथा सिकाई विभागका उपकार्यकारी अधिकृत दुर्गाकुमारी कँडेलले जुम प्रविधिमार्फत विशेष प्रयोगात्मक कक्षा, कम्प्लायन्स विभागका प्रबन्धक ज्योति भट्टद्वारा कम्प्लायन्स सम्बन्धी मुद्दाहरुमा, इटहरी शाखाका प्रबन्धक बरुणकुमार कर्ण र दमक शाखाका प्रबन्धक टिकाराज रिजाल, बेलबारी शाखाका प्रबन्धक शिब पौडेल तथा तालिम विभागका प्रशिक्षकहरुले तालिम प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण तालिम विभागका चन्द्र तिम्सिना, विधान ज्ञवाली, प्रदेश कार्यालयका कृष्ण बराल र राहुल कर्णले गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार