पर्वलाई लक्षित गर्दै २० हजार टन चिनी ल्याउने तयारी

बुधबार, २७ भदौ २०८०
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले भन्सार सहुलियतमा २० हजार टन चिनी आयात गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०–१० टन चिनी आयात गर्नेगरी भन्सार छुटको निर्णय भएको मन्त्रालयका प्रवक्ता धनीराम शर्माले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वका लागि भन्दै ६० हजार चिनी आयातको अनुमति माग गरेको थियो । नेपाली बजारमा अहिले चिनीको थोक मूल्य १०५ रुपैयाँ छ । बजारमा खुद्रामा ११५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार