सरकारले जनताको आत्मबल बढाउने नीति ल्याउनुपर्छः अध्यक्ष ढकाल

विहीबार, २८ भदौ २०८०
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सर्वसाधरणको मनोबल बढाउने नीति ल्याए अर्थतन्त्रको समस्या कम हुनसक्ने बताएका छन्। काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र नियमनकारी निकायहरूले उद्योगी व्यवसायी र जनतालाई आत्मविश्वास बढाउने नीति ल्याएर अर्थतन्त्रका वर्तमान समस्या समाधान उन्मुख हुने बताएका हुन्। उनले पछिल्लो समय सरकार नियमकारी निकायहरुले निजी क्षेत्रले उठाउँदै आएका समस्या र मागका विषयमा बेवास्था गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताए। अध्यक्ष ढकालले सरकारले उद्योगी व्यवसायी र जनतालाई सकारात्मक बनाउने गरी नीति नल्याएसम्म अर्थतन्त्रमा समस्या समाधान हुन नसक्ने दाबी गरे। उनले नियमनकारी निकाय राष्ट्र बैंकले मौद्रिक नीति र सरकारले बजेटमा निजी क्षेत्रको माग सम्बोधन गर्न नसक्दा अर्थतन्त्रमा प्रभाव परेको धारणा राखे। उनले निजी क्षेत्रका तीन वटा संस्थाहरूले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटै स्वरमा सुझावहरू दिँदा समेत कार्यान्वयनमा आउन नसक्नु भनेको सरकारको निजी क्षेत्रलाई हेर्नु दृष्टिकोण सकारत्मक नहुनु भएको बताए। अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रका तीनवटा संस्थाहरूले सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा एउटा भ्वाइसमा सुझावहरू दियौं। ती सुझावहरू कार्यान्वयन हुन सकेन। निजी क्षेत्रको समस्याका विषयमा सरकार र नियमनकारी निकायहरूले बेवास्था गर्दा अर्थतन्त्रमा असजिलो आएको छ। तर पछिल्लो समय धेरै आशाको किरणहरू देखिएका छन्। रेमिट्यान्स निरन्तर रूपमा वृद्धि भएको छ। पर्यटन आगमनमा पनि वृद्धि भएको छ। बैंकहरूमा तरलता बढ्दै गएको छ। देशमा अब केवल सरकार र नियमनकारी निकायहरूको तर्फबाट सर्वसाधारणको मनोबल बढाउने नियमनकारी निकायहरूले सिस्टमलाई नबिगारी उद्योगी व्यवसायीहरू र जनताको आत्मबल बढ्ने नीति अपनाउनुपर्ने खाँचो छ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार