आफन्तबाटै एकल महिला बलात्कृत

मंगलबार, ०९ असोज २०८०
काठमाडौँ । बाजुरामा एक एकल महिला आफन्तबाटै बलात्कृत भएको खुलेको छ । जगन्नाथ गाउँपालिकाकी उनलाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला बलात्कार गरेको आरोप लागेको हो । बलात्कारपछि आरोपितका घरका सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको दाबी छ । उनले आफूलाई मरसान्न हुनेगरि पिटिएकाले ३ दिनपछि मात्रै होस आएको बताइन्। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन् । उक्त विषयमा उजुरी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार