सगरमाथाको प्रमुख प्रवेशद्वारको रुपमा चिनिने कटारी बजारको कृषिउपज केन्द्रलाई व्यवस्थितगर्न सके ओखलढुङगा, खोटाङ र सोलुखुम्बुका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनले समेत बजार पाउने स्थानीय बताउँछन् । केन्द्र प्रयोग विहिन बनेपछी कटारी बजारमा कृषि जन्य किनमेल अव्यवस्थित किसिमले मूख्य सडककै आसपास हुने गरेको छ ।
केन्द्रसँगै २ वर्ष अघि निर्माण गरिएको शीतभण्डार पनिअलपत्र अवस्थामा रहेको छ । हेल्भेटास र कटारी नगरपालिकाको सहकार्यमा १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार प्रयोगमा नआएपछी अलपत्र अवस्थामा पुगेको हो । त्यसैगरी गत साल कटारी नगरपालिकाको कृषकहरुलाई मध्यनजर गर्दै प्रदेश १ सरकारबाट १ करोड २५ लाखको लागतमा आधुनिक शीतभण्डार निर्माण गर्ने तयारी गरिए पनि अन्त्यमा बजेट फ्रिज भएको थियो ।
गएको स्थानीय निर्वाचन नजिकिए पछी पुनउमेद्वार बनेर निर्वाचनमा आफु होमिएको अवस्थामा बजेट फ्रिज भएर गएको निवर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । नगरको पहाडी भेगमा कृषकहरुले उत्पादन गरेका उत्पादन कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडाहरुमा , सुन्तला , डल्लो खुर्सानी , अदुवा , विभिन्न तरकारीहरुको व्यवसायिक खेति हुने गरेको छ । तर शीतभण्डार नहुँदा समस्या छ ।
बजारम बनेको शीतभण्डार प्रयोगमा आउन सकेको छैन् । पहाडी वडाको शीतभण्डारको बजेट फ्रिज भएर गएको छ । निर्माण भएको लामो समयसम्म प्रयोगमा नआएको केन्द्र अहिले फेरी फोहोर र दुर्गन्ध फैलाउने केन्द्रको रुपमा परिणत बन्दै गएको छ ।
प्रतिक्रिया