अर्थ समितिको कार्यविधि २०८० स्वीकृत

शुक्रबार, १२ असोज २०८०
काठमाडौँ । अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको समितिको बैठकले मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिएका हुन् । उनले भने,‘माननीयसदस्यहरुले राख्नुभएको राय,सल्लाह र सुझावलाई समेटेर कार्यविधितयार गर्न सचिवालयलाई निर्देशन दिन्छु । आजको यो हाम्रो कार्यविधि सचिवालयले फाइनल गर्नेगरी पास भयो ।’ उनले आफूहरुले दिएको ८० प्रतिशत निर्देशन लागु नभएको भन्दै भत्ताको लागिमात्र बैठक बसेको जस्तो नकारात्मक सन्देश गएको बताए । अनुगमन समिति बनाएर फास्ट ट्र्याकबाट समितिको दायित्व पूरा गर्न लागि पर्ने उनको भनाई छ । ‘दिएको ८० प्रतिशत निर्देशन लागु नहुने भयो भने बैठक बसेको के अर्थ निर्देशन आईरहन्छ गईरहन्छ भन्ने भयो मन्त्रालयलाई पनि यसरी भत्ताखान मात्र बैठक बस्न सकिँदैन । आजै भन्छु १६ गते ११ बजे बस्छौ अर्को एजेण्डा अनुगमन समितिब नाएर फास्ट ट्र्याकबाट समितिको दायित्व पूरा गर्न लाग्ने छौं।’उनले भने । बैठकमा सभापति चालिसेले कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी तोकिएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार