प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन निर्देशन

आइतबार, १४ असोज २०८०
काठमाडौँ ।  पेट्रोलियम पदार्थको बढाइएको मूल्य कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । चाडवाडको मुखमा निगमले गरेको मुल्यवृद्धिले जनतालाई मार पर्ने भन्दै प्रधानमन्त्री दाहालले आइतबार बिहान निगमलाई तत्काल बढाइएको मूल्य लागू नगर्न निर्देशन दिएका हुन् । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निगमले गरेको मूल्यवृद्धि तत्काल लागू नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिइन् । उनले भनिन्, ‘तर चाडवाडको मुखमा त्यो मूल्यवृद्धिले सर्वसाधारणलाई मार पर्ने भएकाले प्रधानमन्त्रीज्यूले तत्काल त्यो मूल्यवृद्धि लागू नगर्न निगमलाई निर्देशन दिइसक्नुभएको छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार