काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ ।
सोमबार विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको एक कार्यक्रमका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त च्याटबटको सुरूवात गरे ।
उक्त च्याटबटले लगानीकर्ताको जिज्ञासा र गुनासो राख्ने सहज प्लाटर्फम सुरू भएको बताए ।
लगानीका नयाँ-नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’
प्रतिक्रिया