यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले विकाससलाई जोड दिन नसकदा यस्तो स्थिति आएको स्थानीयबासीको आरोपसमेत छ ।
सवारी व्यवसायी टंक दाहालकाअनुसार सडकको अवस्था सुधार हुन नसकदा प्रभावित बनेको छ ।
बर्खामा हिलो र हिउँदमा धूलोको समस्याले सताउने उनले बताए । स्थानिय सरकारलाईसमेत पटकपटक जानकारी गराएपनि बेवास्ता गरेको उनको भनाइ छ ।
स्थानीयबासीले सडकको विषयमा वडा कार्यालयमा आएर गुनासो गर्ने गरेको इलाम नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष गायत्रीराम बस्नेतले स्वीकार गरे । आँफूले जानेदेखि नै यो सडकको अवस्था यस्तै नै हुने गरेको उनको भनाइ छ ।
यो सडकले इलाम नगरपालिका र देउमाई नगरपालिकालाई छोएको छ । वडामार्फत नगरपालिका र माथिल्लो निकायलाई जानकारी गराउँदा कसैले वास्ता नदिँदा आँफूहरूसमेत समस्यामा परेको वडाध्यक्ष बस्नेतले प्रतिक्रिया दिए ।
बहुप्रतिक्षित र बहुआयामिक महत्वको नेपालटार–मंगलबारे सडक १२ करोड रुपैयाँ खर्चेर सुरुमा कालोपत्रे गरिएको थियो । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र जोड्ने सडक नियमित मर्मत नहुँदा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
पछिल्लो पटक मर्मतका लागि डेढ करोड बजेट बिनियोजन भएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ । त्यसबाट पनि ९७ लाख ११ हजारमा मर्मतका लागि ठेक्का लागि सकेको छ । वैशाख अन्तिममा ठेक्का लागेको सो सडक मर्मतको काम असार मसान्तभित्रमा नै सम्पन्न गर्नुपर्ने भएपनि सामान्य काम भएपछि काम रोकिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर हरिराम रिमालले बताए । उनकाअनुसार सडक मर्मतकै लागि प्रदेश सरकारबाट समेत ५० लाख बजेट बिनियोजन भएको छ । तर, बर्खायाम भएका कारण काम हुन नसकेको सडक डिभिजन कार्यालयबाट जानकारी दिएको छ ।
सडक विभागमार्फत जिल्लाका फिक्कल पशुपतीनगर सडक, फिक्कल श्रीअन्तु सडक, बिब्ल्याँटे माइपोखरी सडक मात्र हेरिने गरिएको छ । तर, सडक विभागसँग कसैले पनि यो राजमार्गको विषयमा पहल गरेको पाइदैँन ।
२०१५ सालबाटै मोटर गुड्न थालेको यो सडक कालोपत्रेपछि पश्चिम इलामका बासिन्दा आवातजावतमा सहज भएको थियो । तर, मर्मत नहुँदा पुनः उस्तै सास्ती झेल्नु परिरहेको छ । यो सडक मर्मतका लागि यहाँका जनप्रतिनिधिले उचित कदम चाल्न आवश्यक देखिने स्थानीयबासीको माग छ ।
(तस्वीर क्याप्सन ः इलाम नेपालटार–मंगलबारे कालोपत्रे भएको सडक उप्किएर कच्चीमा परिणत बनेको दृश्य ।)
प्रतिक्रिया