इटहरीमा डेढ लाख रुपैयाँसहित जुवाको खालबाट तीनजना पक्राउ

विहीबार, १८ असोज २०८०
इटहरी /इटहरीबाट एक लाख पचास हजार रुपैयाँसहित तीनजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीबाट खटिएको प्रहरी टोलीले होटल बरन्डाबाट तीनजना जुवाडेलाई पक्राउ गरेको हो । ढोका थुनेर जुवा खेलिरहेका इटहरी ८ का रामकुमार गिरी, इटहरी ५ का अनिष दाहाल र दीपेन्द्र कार्कीलाई रकमसहित पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनैलाई जुवा ऐन अन्र्तगत कारबाही हुने इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार